+
Search

ताजा अपडेट +

पपुलर +

भाेजपुरमा नाै वर्षिया वालकसहित चार जनाकाे हत्या

नागरिक आवाज
२०८२ असार २२, आईतवार ०६:३७ गते

भाेजपुर । रामप्रसादराई गाँउपालिका-२ को धोद्लेखानीमा एकै परिवारका चार जनाकाे हत्या भएकाे छ । भाेजपुर नगरपालिका-२ हेलाैछा घर भएका ज्वाई राजेन्द्र राईले ससुराली चार जनाकाे हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भाेजपुरले जनाएको छ । प्रहरीका अनुसार ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको छ ।
प्रहरीका अनुसार ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र नौ वर्षिया सालो सपनसहित चार जनाको हत्या गरेको हुन सक्ने जनाएको छ ।
घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई भने उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा लगिएको जनाइएको छ । ।
गए राती करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकोले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको जनाएकाे छ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज