+
Search

ताजा अपडेट +

पपुलर +

मेयर कपको उपाधी षडानन्द नगरपालिकालाई

नागरिक आवाज
२०८२ जेष्ठ २१, बुधबार ०८:४२ गते

भोजपुर। भोजपुरको षडानन्द नगरपालिकामा जारी मेयर कप प्रतियोगिताको उपाधी षडानन्द नगरपालिकाले हात पारेको छ । षडानन्द नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा पाँचखपन नगरपालिकालाई ३–१ को सेटमा हराउँदै उपाधी हात पारको हो ।

प्रतियोगिताको फाईनल खेलमा पहिलो सेट पाँचखपन नगरपालिकाले २५–२० को अंकमा आफ्नो पक्षमा पार्न सफल भएका थिए । दोस्रो, तेस्रो र चौथो सेटमा षडानन्द नगरपालिकाले क्रमश २५–१७, २६–२४ र २५–२० मा हराउँदै उपाधी चुम्न सफल भएका हो ।

त्यस्तै, आम्चोक गाउँपालिका र सभापोखरी गाउँपालिका सेमिफाईनलिष्ट भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख ७५ हजार साथमा ट्रफी मेडल र प्रमाण–पत्र साथै द्धितीय हुने टिमले नगद रु. १ लाख साथमा ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा सेमिफाईनलिष्ट हुने टिमले नगद रु. ३०/३० हजार साथमा मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । साथै विधागत पुरस्कार तर्फ उत्कृष्ट सर्भर षडानन्द टिमका विष्णु बस्नेत, उत्कृष्ट डिफेन्डर षडानन्द टिमकै बृटिस राई, उत्कृष्ट सेटर पाँचखपन टिमका मनोज घिमिरे, उत्कृष्ट ब्लकर षडानन्दका चिरन खड्का सहित ५ विधाका पाँच जनाले नगद रु. ३ हजार र उत्कृष्ट स्पाईकर षडानन्द टिमकै धन बहादुर भट्टले नगद रु.५ हजार पाएका छन् ।

षडानन्द नगरपालिकाको आयोजनामा जेष्ठ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा आज नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासको प्रमुख आतिथ्य तथा षडानन्द नगरपालिका उप–प्रमुख प्रमिला राईको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज