विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर २१ वर्षीय युवकको मृत्यु भएको छ।
चैत ४ गते विराटनगर महानगरपालिका–९, ठाकुरबारी रोडमा भएको उक्त दुर्घटनामा मोरङको रंगेली नगरपालिका–७ का यसकुमार साह गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार साह ठाकुरबारी रोडबाट घोघापुल चोकतर्फ जाँदै गर्दा उनको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो। तर, उपचारका क्रममा शनिबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय युवकको मृत्यु
२०८१ चैत्र ९, शनिबार १०:४० गते

प्रतिक्रिया