+
Search

ताजा अपडेट +

पपुलर +

वंशको शासन फर्काउन ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल

नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताए

नागरिक आवाज
२०८१ चैत्र १५, शुक्रबार १६:२२ गते

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपाले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताए । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली जनतालाई दास बनाएको भन्दै उहाँले अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने बताए । उहाँले शाह वंशले देशलाई बर्बाद बनाएको बताए । उहाँले राजतन्त्रले देशको हितमा कहिल्यै काम नगरेको जिकिर गरे । अध्यक्ष नेपाले देश इतिहासको पछाडी फर्किन नसक्ने दाबी गरे ।
अध्यक्ष नेपालले जनताको समस्याबाट आफूहरु चिन्तित भएको बताए । अध्यक्ष नेपालले पुँजीवादी व्यवस्था र सत्ता सञ्चालन गर्नेहरुको नालायकीपनका कारण जनताले दुःख पाएको बताए । अध्यक्ष नेपाल नेपाली जनताका समस्या समाधानका लागि समाजवादी व्यवस्था आवश्यक भएको बताए । अध्यक्ष नेपालले नेपाली विशेषतासहितको समाजवादी प्रणालीको खाका आफूहरुसँग भएको दाबी गरे । अध्यक्ष नेपालले सत्ता सञ्चालन गर्नेहरु यथास्थितिमा रुमल्लिएको आरोप लगाए ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सरकारले जनताको समस्यालाई वास्ता नगरेर तमासे भएर बसेको आरोप लगाए । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सरकार जनताबाट टाढिएकाले जनताको पीडा बुझ्न नसकेको जिकिर गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज