भोजपुर । भोजपुरमा प्रतिनिधि सभा निर्वाचनको लागि ४५.२५ प्रतिशत मतदान भएको छ। एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा कुल एक लाख २५ हजार ७ सय ६६ मतदाता मध्ये ५८ हजार १ सय ६७ मतदान खसेको हो जसअनुसार महिला २७ हजार ७ सय ४५ र पुरूष ३० हजार ४ सय २२ मत खसेको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए ।
दुई नगरपालिका र ७ गाउँपालिका सहित नौ स्थानीय तह रहेको भोजपुरमा ८२ वडामा एक सय ६१ मतदान केन्द्रमा मतदान भएको हो । मतदान केन्द्रबाट मतपेटिका संकलन गरि सुरक्षित रुपमा मत गणना स्थलमा ल्याउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए। पौडेलले जिल्लाभरी मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यबाद समेत दिएका छन् ।
मतपेटिका जम्मा भइसकेपछि भोली शुक्रबार ११ वजे सर्बदलिय बैठकपछि मतगणना कार्य सुरु गरिने भोजपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नारायण प्रसाद दाहालले बताए ।
भोजपुरमा ४६ प्रतिशत मतदान खस्यो, मतपेटिका धमाधम ल्याइदै
२०८२ फाल्गुन २१, बिहीबार २०:०५ गते
प्रतिक्रिया