+
Search

ताजा अपडेट +

पपुलर +

कोशी प्रदेश पर्यटन वर्षकाे शुभारम्भ (फाेटा फिचर)

नागरिक आवाज
२०८१ चैत्र २७, बुधबार २१:४३ गते

भाेजपुर । प्रदेश सरकारले महत्वको साथ घोषणा गरेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ शुभारम्भ भएको छ । तेह्रथुमको तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रबाट पर्यटन वर्षको उद्घाटन भएको हो । पर्यटन वर्षको उद्घाटन सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् ।

गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा यस पटक भने गुराँस फुलेको छैन । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंह र कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीलगायतले पर्यटक आवागमनमा वृद्धि गर्न र आधार निर्माणका लागि पर्यटन वर्ष घोषणा गरिएको बताएका छन् ।

कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पूँजी निर्माण गरिने उल्लेख गरेका छन् । स्थानीय तहको सहकार्यमा कोशी पर्यटनको विकास गर्दै यो प्रदेश नमुना प्रदेशको रुपमा लैजाने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता छ ।

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज