+
Search

ताजा अपडेट +

पपुलर +

भोजपुर आउदै गरेको बस धनकुटामा दुर्घटना

१४ जना घाइते, चारजनाको अवस्था गम्भीर

बुद्द तामाङ
२०८२ बैशाख २२, सोमबार १२:५२ गते

भोजपुर । धरानबाट भोजपुर आउदै गरेको बस धनकुटाको जिरोप्वाइन्ट छेउमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइते मध्ये ४ जना गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ । आज विहान करिव साढे १० बजे तिर बस दुर्घटना भएको बताइएको छ ।
धनकुटा नगरपालिका वडा नम्वर ६ मा दुर्घटना भएको हो । घाइते सवैको अहिले जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि धरान पठाउने तयारी भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बुद्द तामाङ