भोजपुर । भोजपुरको अरुण गाउँपालिका-७ सिक्रेटारको विकासको लागि नौ बुँदे प्रतिवद्धता सार्वजनिक गरिएको छ । वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममार्फत वडाको समग्र विकासमा जुट्न नौ बुँदे सर्वदलिय सर्वपक्षिय प्रतिवद्धता सार्वजनिक गरिएको हो । वडाको विकासकाे लागि गाउँपालिका भित्रका सकृय सम्पूर्ण राजनितिक दल, समाजका अगुवा, सरोकारवाला पक्ष लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममापर्फत नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश सचिवालय सदस्य विमल खड्का, नेपाली काङ्ग्रेसका गाउँपालिका पार्टी सभापती श्रीकुमार राई, एमाले अरुण गाउँ कमिटी अध्यक्ष बुद्धिबहादुर खड्का,रास्वपा सभापति लक्ष्मी प्रसाद अधिकारीले वडाको विकास लागि सवै पक्ष एकजुट भएर लाग्नु पर्ने धाराणा राख्नु भयाे । कार्यक्रममा बोल्दै वडाध्यक्ष कुमार थापाले वडाले हालसम्म गरेको कामको विषयमा श्वेत पत्रमार्फत जानकारी गराउनुभयो । वडाले हालसम्म गरेको कामको समिक्षतासँगै वडाको भावी दिनको समग्र विकासको लागि सवैको साझा धाराणा समावेश गर्नको लागि कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ ।“हामीले वडाको समृद्धिको लागि विभिन्न योजनाहरु सञ्चालन गरिरहेका छौँ”वडाध्यक्ष थापाले भन्नुभयो,“यहाँको साझा विकासको धारणा समेट्नको लागि यो कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममार्फत नौँ बुँदे साझा प्रतिवद्धतासार्वजनिक गरेका छौँ । ”
अरुण गाउँपालिका ७ सिक्रेटारका वडाध्यक्ष कुमार थापाको अध्यक्षातामा भएको कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समितिका उपप्रमुख अनिषा खड्का रहनु भएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश सचिवालय सदस्य विमल खड्का, नेपाली काङ्ग्रेसका गाउँपालिका पार्टी सभापती श्रीकुमार राई, एमाले अरुण गाउँ कमिटी अध्यक्ष बुद्धिबहादुर खड्का,रास्वपा गाउँ सभापति लक्ष्मी प्रसाद अधिकारी, कार्यपालिका सदस्य ललित कुमार राई वडास्थित राजनितिक दल, संघ सस्थालगायत सरोकारवाला पक्षको उपस्थिति रहेको थियो ।
प्रतिवद्धता पत्रमा समावेश बुदाहरु :
१. स्थानीय शासन प्रणाली लोकतान्त्रिक अभ्यासको आधारशिला हो। समावेशी विकास, प्रभावकारी सेवा प्रवाह, जनहितका कार्यक्रम तथा सामाजिक न्याय स्थापनाको प्रमुख जिम्मेवारी वडास्तरीय सरकारको हुन्छ। यी जिम्मेवारीहरू सफलतापूर्वक कार्यान्वयन गर्न वडाको जनप्रतिनिधिहरू र वडामा क्रियाशील राजनीतिक दलहरूबीच सुदृढ समझदारी र सहकार्य अपरिहार्य हुन्छ।
विगतमा देखिएका अनावश्यक आरोप–प्रत्यारोप, योजनामा राजनीतिकरण, भ्रामक प्रचार तथा असमझदारीका कारण जनसेवा प्रभावित भएको पृष्ठभूमिमा अब हामी सबैले साझा दायित्वको भावनाबाट विकासमा हातेमालो गर्न आवश्यक छ।२. भूमिकाअब विकास निर्माण र जनसेवालाई दलगत स्वार्थभन्दा माथि राखेर अघि बढ्ने समय आएको छ। यस सन्दर्भमा वडा जनप्रतिनिधिहरू र राजनीतिक दलहरूबीच निम्न नौ बुँदामा स्पष्ट सहमति र दोहोरो प्रतिबद्धता गरिएको छ।
(क) वडा जनप्रतिनिधिहरूको तर्फबाट प्रतिबद्धता१ विकास र सेवा प्रवाहमा समान दृष्टिकोण अपनाइनेछ।वडाको सेवा सम्पूर्ण नागरिकका लागि हो। सेवा प्रवाहमा कुनै पनि प्रकारको भेदभाव नगरिनेछ। सबै दलका कार्यकर्ता तथा नागरिकलाई समान व्यवहार गरिनेछ। कमी कमजोरी सच्याउँदै थप प्रभावकारी सेवा प्रवाहमा निरन्तर सुधार गरिनेछ।
२.योजना छनोटमा सबै पक्षलाई सहभागी गराइनेछ।वडा सभा, सरोकारवाला भेला तथा विकास संवादमा सबै राजनीतिक दलहरूको सक्रिय सहभागिता सुनिश्चित गरिनेछ।
३. पारदर्शी बजेट व्यवस्थापन गरिनेछ।वडाको बजेट तथा खर्च सार्वजनिक सूचना बोर्ड, वेबसाइट तथा जनसुनुवाइमार्फत पारदर्शी बनाइनेछ।
४.राजनीतिक सहकार्यलाई संस्थागत गरिनेछ।राजनीतिक दलहरूसँग संवाद, छलफल तथा समन्वय गरी विकास योजनालाई प्राथमिकताका आधारमा अगाडि बढाइनेछ।
५.जनशक्ति परिचालनमा दलहरूको संयोजन गरिनेछ।स्वयंसेवक, युवा, मातृ समूह आदिको परिचालनमा राजनीतिक दलहरूसँग सहकार्य गरिनेछ।
६.विकास कार्यमा ढिलासुस्ती वा कमजोरी भएमा जवाफदेही रहनेछ।७.आलोचना तथा सुझावलाई सकारात्मक रूपमा स्वीकार गरिनेछ।
८.समृद्धिको साझा सोचको आधारमा कार्य गरिनेछ।
९.प्रत्येक वर्ष प्रतिबद्धता समीक्षा तथा कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गरिनेछ।
(ख) राजनीतिक दलहरूको तर्फबाट प्रतिबद्धता१.विकास निर्माणलाई साझा एजेन्डा मानिनेछ।विकासका सवालमा वडा कार्यालयलाई सघाइनेछ।
२.विकास योजनामा अनावश्यक विरोध तथा प्रचारबाजी नगर्ने।समस्या आएमा जिम्मेवार संवादद्वारा समाधान गरिनेछ।सेवा लिने नागरिकहरूलाई प्रोत्साहन तथा अभिप्रेरणा दिइनेछ।
३. वडामा सेवा लिने नागरिकलाई प्रोत्साहित र अभिप्रेरित गर्न कार्य गर्नेदलहरूको भूमिका सुझाव, समिक्षा र समाधानमा केन्द्रित रहनेछ।
४.कार्यक्रमहरूमा आवश्यक जनशक्ति, सूचना र सहयोग उपलब्ध गराइनेछ।सामाजिक सञ्जालमार्फत योजना कार्यान्वयनमा सहजीकरण गरिनेछ।५.समावेशी सहभागिता तथा समानताको पक्षमा दृढता अपनाइनेछ।महिला, दलित, जनजाति, युवा आदिको सक्रियता प्रोत्साहित गरिनेछ।
६.सामाजिक तथा राजनीतिक सद्भाव कायम राखिनेछ।जातीय, धार्मिक वा वर्गीय द्वन्द्व समाधानमा सहयोग गरिनेछ।
७.विकास योजनाको अनुगमन तथा सुझाव प्रदान गरिनेछ।
८ जनतामा सकारात्मक चेतना फैलाउने कार्य गरिनेछ।गलत सूचना वा भ्रम फैलाउने कार्य नगर्ने प्रतिबद्धता जनाइन्छ।
९ .प्रतिबद्धता पालन नपुगेमा सार्वजनिक समीक्षा गरिनेछ।वार्षिक समिक्षा बैठकमा अनिवार्य सहभागिता जनाइनेछ।
वडा कार्यालय र राजनीतिक दलहरू मिलेर समाजको समृद्धि निर्माण गर्न हामी दृढ संकल्पित छौं। विकास, सेवा र सुशासनका क्षेत्रमा दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गर्न गरिएको यो प्रतिबद्धता पत्र सामाजिक अनुबन्धको रूपमा लिइनेछ।हामी सबैको साझा प्रयास र सहकार्यले सिक्रेटार वडालाई नमूना वडाका रूपमा स्थापित गर्ने हाम्रो विश्वास छ।
प्रतिक्रिया