भोजपुर । जिल्लाको ऐतिहासिक विद्योदय माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी भेला सम्पन्न भएको छ । विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुलाई संगठित गर्ने उद्धेश्यले आयोजना गरिएको भेलाले किशोर कुमार ताम्राकारको अध्यक्षतामा ११ सदस्य सहयोग समिति निमार्ण गरिएको छ ।
सहयोग समितिको सदस्यहरुमा नविन प्रधान, शैलेन्द्र कार्की, विनम श्रेष्ठ, नविन बुढाथोकी, रविन राई रहनु भएको विद्यालयका प्रधानाध्यापक खोमराज धमलाले जानकारी दिनुभयो । यस्तै, अन्य सदस्यहरुमा बद्रि श्रेष्ठ, निरादेवी प्रधान, रक्तम राई, यदुकुमारी सुवाल र बाबुराम ओझा रहनु भएकोछ ।
उक्त समितिलाई सहयोग पुर्याउन पुर्व विद्यार्थी तथा मेयर कैलाश कुमार आले, पुर्व प्रधानाध्यापक चन्द्र कुमार उदास, पुर्व विद्यार्थी ध्रुवलाल श्रेष्ठ, उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष बद्रि कुमार श्रेष्ठ, पुर्व विद्यार्थी कालुराम राई गरी ५ सदस्य सल्लाहकार समिति पनि गठन गरिएको प्रधानध्यापक धमलाले बताउनु भयो ।
यहि अशोज, कार्तिक महिना भित्र काठमाण्डौमा बृहत रुपमा भेला आयोजना गरी पूर्व विद्यार्थी मञ्च गठनलाई पूर्णता दिइने जनाइएको छ ।
भेला विद्यालयका पूर्व विद्यार्थी तथा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको हो ।
विद्योदय माविमा पूर्व विद्यार्थी भेला सम्पन्न, ११ सदस्य सहयोग समिति गठन
२०८२ भाद्र १४, शनिबार १८:१५ गते

प्रतिक्रिया