+
Search

ताजा अपडेट +

पपुलर +

संघ सस्था ऐन तत्काल सच्याउन गैसस महासंघको माग

नागरिक आवाज
२०८२ भाद्र १७, मंगलवार २०:५६ गते

भोजपुर । गैर सरकारी संस्था महासङ्घ नेपाल भोजपुरले संघ सस्था ऐन २०८२ को मस्यौदा विधेयक सच्चाउन माग गरेको छ । आज भोजपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महासङ्घले यस्तो माग गरेको हो ।
महासंघले प्रेस विज्ञप्ति जारी गर्दै मस्यौदा नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको ठहर गरेको छ ।
मस्यौदामा रहेका त्रुटिहरू तत्काल सच्याउन गृह मन्त्रालय र सरोकारवाला निकायलाई बिज्ञप्ती मार्फत आग्रह गरिएको गैर सरकारी संस्था महासङ्घ नेपाल भोजपुरका अध्यक्ष गणेश प्रधानले बताउनुभयो । यस्तै महासंघले राज्यका तर्फबाट भएका एकपक्षीय प्रक्रिया तत्काल रोक्न माग गर्दै ऐनको पुनरावलोकन गरी सरोकारवालाको सुझावका आधारमा मात्रै अगाडि बढाउन माग गरिएका महासंघका सचिव खगेन्द्र खड्काको भनाई छ ।
विज्ञप्ति मार्फत प्रस्तावित मसौदामा संघ संस्थालाई नियन्त्रण गर्न खोजिएको प्रति महासंघले आपत्ति जनाएको छ । यस्तै राज्यको गलत गतिविधि विरुद्ध सधै खबरदारी गर्ने नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारीले बताउनुभयो
बिधेयकका बिषयमा बिज्ञ तथा त्यसबाट प्रभावित हुने सरोकारवालाहरुलाई छलफलमा समावेश गरी राय सुझाव समेत लिने काम नभएको भन्दै गैरसरकारी संस्था महासंघले सरोकारवालाहरुको सहभागितामा तत्काल सच्याई पुर्नलेखन गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज