भाेजपुर । सञ्चारकर्मी शारदा तामाङको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘तिमीसँग हिड्ने चाहना मेरो’ सार्वजनिक भएको छ । किरण क्रियसन युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे गीतमा माया, प्रेम, भावना र सम्बन्धका संवेदनशील पाटा समेट्ने प्रयास गरेको छ ।
शारदा तामाङको सुमधुर आवाजमा रहेको गीतमा शब्द विपिन किरणले लेखेका हुन् भने संगीत दीपक शर्माले तयार पारेका छन् । एरेञ्ज कुशल सिंह निएलको रहेको छ ।
म्युजिक भिडियोमा गरिमा शर्मा र सुरेश कोहलीको अभिनय देख्न सकिनेछ । भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् । छायांकन भुपेन्द्र थापा मगरले गरेका छन् भने सम्पादन तथा रङ संयोजन माधव बेल्बासेको रहेको छ ।
त्यसैगरी, मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् । भिडियो ‘ए वन म्युजिशियन स्टुडियो’ मा तयार पारिएको हो भने पोस्टर निर्माण इम्प्याक्ट प्रोडक्सन स्टुडियोले गरेको जनाइएको छ ।
निर्माण टिमका अनुसार गीतले प्रेम र जीवन यात्राका भावनात्मक अनुभूति प्रस्तुत गरेकाे छ । गायिका तामाङ नेपाल पत्रकार महासंघ, भाेजपुरकी उपाध्यक्ष हुन् ।
भिडियाे हेर्नुहाेस् ।
प्रतिक्रिया