भोजपुर । भोजपुरमा प्रत्येक बर्ष आयोजना हुँदै आएको मेयर भोजपुर गोल्डकप प्रतियोगिताको नवौँ संस्करण आगामी वैशाख पहिलो साताबाट सुरु हुने भएको छ ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष भोजपुरको रंगशालामा हुने आयोजना गरिँदै आएको प्रतियोगितामा आगामी वैशाख ६ गते देखी १२ गते सम्म सञ्चालन हुने भएको हो।
८ टिमले सहभागी जनाउने सो प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधी सहित क्रमशः नगद पाँच लाख र तीन लाख प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था रहेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताए ।
प्रतियोगितामा ए.एक्स. सिटी मोरङ, केपीलासगढी गाउँपालिका खोटाङ, ए.पी.एफ.फुटबल क्लब काठमाडौँ, सङ्खुवासभा ११ सङ्खुवासभा, द गोर्खाज फुटबल क्लब उदयपुर , सातदोबाटो युथ क्लब, ललितपुर, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र आयोजक जिल्ला फुटबल सङ्घ गरी ८ टिमले सहभागी जनाउने छन् ।
प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ भने अन्य थप रकम सहप्रायोजकहरुबाट सङ्कलन गरिने आयोजक संस्थाले जनाएको छ ।
नवौँ मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ६ गते देखि शुरु
२०८२ चैत्र २९, आईतवार १८:२२ गते
प्रतिक्रिया